काठमाडौं महानगरमा १ सय जनालाई रोजगारीको अवसर



काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा १ सय जना नगर प्रहरीका लागि रोजगारी खुलाएको छ ।

महानगरले सूचना प्रकाशित गर्दै १ सय जना नगर प्रहरी जवानका लागि करार सेवामा पदपूर्ति गर्न लागेको जनाएको छ ।

महानगरको सूचनाकाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको तर्फबाट करारमा प्रहरी जवान मागिएको हो । खुलातर्फ नेपाल प्रहरीको तर्फबाट ३३ जना र सशस्त्र प्रहरीकातर्फबाट २७ जना जवानका लागि रोजगार खुलाइएको छ । त्यस्तै, महिलातर्फ नेपाल प्रहरीकातर्फबाट १७ जना जवानका लागि रोजगार खुलाइएको छ ।

त्यस्तै, आदिवासी/जनजाति समूहमा १६ जना, मधेशी समूहमा २ जना, दलित समूह ४ जना र अल्पसंख्यक १ जना नेपाल प्रहरीका तर्फबाट रोजगार खुलाइएको छ ।

यसरी कुल १ सय जनालाई महानगर प्रहरीमा जवानहरुका लागि महानगरले रोजगार खुलाएको हो । सूचना प्रकाशित भएको ७ दिनभित्र निवेदन दिएर आवेदन दिन सकिने महानगरले जनाएको छ ।


क्लिकमान्डु