द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले माग्यो १७ जना विज्ञ



काठमाडौं । नेपाली सेनाले निर्माण तथा व्यवस्थापन गरिरहेको काठमाडौं–तराई/मधेश द्रुत मार्गको निर्माणका लागि विभिन्न पदमा विज्ञहरुको आवेदन माग गरेको छ ।

नेपाली सेनाले बुधबार एक सूचना प्रकाशित गर्दै १७ जनाका लागि रोजगारी खुलाएको हो ।

सूचनाकाअनुसार हाइवे डिजाइन, पेभमेन्ट डिजाइन, सिनियर सर्भेयर, जियोटेक्किल/स्लप स्टेबलाइजेसन एण्ड रिइन्फोर्समेन्ट अर्थ वाल, टनेल/जियोटेक्निकललगायतका विभिन्न पदमा विज्ञहरुका लागि रोजगारी खुलाइएको छ ।

इन्जिनियरदेखि कन्ट्र्याक्ट व्यवस्थापन गर्ने, स्ट्रक्चरल इन्जिनियर, वातावरणविद्, समाजशास्त्री, निर्जिवन विमासम्बन्धि सल्लाहकार, जैविक इन्जिनियर, कम्युनिकेसन इन्जिनियरलगायतका विभिन्न पदमा सेनाले रोजगारी खुलाएको हो ।

नेपाली सेनाकाअनुसार योग्यता पुगेका व्यक्तिहरुले यी पदका लागि आगामी १५ दिनभित्रमा दरखास्त दिन सक्नेछन् ।


क्लिकमान्डु