
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।
आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
मौद्रिक नीतिको कार्यदिशा, मौद्रिक औजारहरू र ब्याजदर करिडोरहरू समावेश गरी मौद्रिक नीति जारी गर्ने तयारी राष्ट्र बैंकको छ । नियामकीय प्रावधान भने मौद्रिक नीतिमा चलाइनेछैन ।
राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक आजै बिहान साढे ९ बजेका लागि बोलाइएकोमा अहिले बसिरहेको छ ।
यसलगत्तै सञ्चालक समितिको बैठक बोलाइएको छ । त्यसपछि आजै मौद्रिक नीति जारी हुनेछ ।
मध्यपूर्वकाे युद्धले मुद्रास्फीति केही चाप परेपनि नियन्त्रणमा नै रहेकाे र पर्याप्त तरलता रहेकाेले मुद्रास्फीति मध्यपूर्वकाे युद्ध समाधान हुँदा ठुलाे चाप पर्ने अवस्था नरहेकाे भन्दै लचिलाे माैद्रिक नीतिकाे कार्यदिशालाई निरन्तरता दिने र क्रेडिट पुस गर्ने माैद्रक नीतिकाे लक्ष्य रहनेछ ।
गभर्नर पौडेल बुधबार भुटान प्रस्थान गर्दैछन् । त्यसअघि माैद्रिक निति जारी गर्न लागेका हुन् । गभर्नर विश्वनाथ पौडेलको यो दोस्रो मौद्रिक नीति हो ।






प्रतिक्रिया