गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चमेनागृह, कफी सप सञ्चालनका लागि बोलपत्र आह्वान



काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका विभिन्न स्थानमा चमेनागृहदेखि कफी सपलगायतका सेवाहरु सञ्चालनका लागि बोलपत्र आह्वान भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले विमानस्थलभित्र रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र तथा बाहिर चमेना गृह, कफी सप तथा चिया पसललगायत सञ्चालनका लागि ठेक्का आह्वान गरेको हो ।

सम्पूर्ण ठेक्का तीन वर्षका लागि रहेको उक्त सूचनामा जनाइएको छ ।

सूचनाकाअनुसार आन्तरिक टर्मिनल भवनभित्र चेक इन क्षेत्रमा चमेना गृह सञ्चालन गर्नका लागि तीन वर्षसम्म न्यूनतम ७४ लाख ६६ हजार ९२२ रुपैयाँमा ठेक्का आह्वान भएको छ । सूचना प्रकाशित भएको २२ औं दिनसम्म उक्त ठेक्का भर्न पाइनेछ ।

त्यस्तै, आन्तरिक टर्मिनल भवन बाहिर चमेना गृह सञ्चालनका लागि पनि तीन वर्षका लागि न्यूनतम ३४ लाख ८ हजार ३२ रुपैयाँमा ठेक्का आह्वान भएको छ । उक्त ठेक्का पनि सूचना प्रकाशित भएको मितिबाट १६ औं दिनसम्म भर्न पाइने सूचनामा जनाइएको छ ।

त्यस्तै, आन्तरिक टर्मिनल भवनभित्र रहेको स्टेराइल क्षेत्रमा टि/कफी सप सञ्चालनका लागि तीन वर्षसम्म न्यूनतम १३ लाख ९३ हजार ४२५ रुपैयाँमा ठेक्का आह्वान भएको छ । उक्त ठेक्का पनि सूचना प्रकाशित भएको मितिबाट १६ औं दिनसम्म भर्न पाइने सूचनामा जनाइएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र रहेको स्टेराइल क्षेत्रमा र चेक इन क्षेत्रमा पनि टि/कफी सप सञ्चालनका लागि ठेक्का आह्वान गरिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्रको स्टेराइल क्षेत्रमा ६६ लाख ८१ हजार ९६० रुपैयाँ न्यूनतम ठेक्का रकममा तीन वर्षका लागि ठेक्का आह्वान गरिएको हो । उक्त ठेक्का आगामी २२ दिनभित्रमा भर्न पाइनेछ ।

त्यस्तै, अन्तराष्ट्रिय टर्मिनल भवनभित्रको चेक इन क्षेत्रमा सञ्चालन हुने टि तथा कफि सपका लागि १८ लाख ३ सय रुपैयाँ न्युनतम ठेक्का रकममा ठेक्का आह्वान गरिएको छ । उक्त ठेक्कामा सूचना प्रकाशित भएको मितिबाट १६ औं दिनसम्म बोलपत्र दालिखा गर्न पाइनेछ ।


क्लिकमान्डु