इन्डेक्स एक्सचेन्जबाट पैसा पठाउँदा नुरुद्दिनले जिते घर




काठमाडौं । युएईमा काम गर्दै आएका एकजना नेपालीले त्यहाँस्थित इन्डेक्स एक्सचेन्जबाट स्वदेशमा पैसा पठाउँदा घर जितेका छन् ।

रुपन्देही निवासी नुरुद्दिन चुरिहारले इन्डेक्स एक्सचेन्जबाट पैसा पठाउने क्रममा शान ए रमादान प्रोमोसनअन्तर्गत ३ अप्रिलमा भएको ड्रबाट नेपालमा घर जितेका हुन् ।

इन्डेक्स एक्सचेन्जले रमादान महिनाको अवसरमा २५ फेब्रुअरीदेखि २० अप्रिलसम्म रेमिट्यान्स गर्नेमध्ये हरेक दोस्रो हप्ता लक्की ड्रबाट एकजना विजेतालाई आफ्नो देशमा घर दिने योजना चलाइरहेको छ ।

२० अप्रिलसम्म नेपालीहरुले पैसा पठाएर अझै अर्को घर जित्न सक्ने अवसर रहेको कम्पनीका ब्यापार प्रबन्धक मिर के रसुलले बताए ।

हरेक वर्षझैँ यस वर्ष पनि रमदानको २ महिनाभित्र रेमिट्यान्स पठाउनेमध्ये ४ जनालाई घर उपहार दिइने योजना रहेको कम्पनीका प्रमुख सञ्चालक सैयेद् अब्दुस सलामले जानकारी दिए ।

नुरुद्दिन चुरिहार ७ महिना पहिले रोजगारीका लागि यूएई पुगेका थिए। उनी हाल दुबईको एक कम्पनीमा रोड कन्स्ट्रक्सन मजदुरका रुपमा काम गरिरहेको छन् । अहिले उनी मासिक १ हजार दिराम कमाइरहेका छन् ।

इन्डेक्स एक्सचेन्जले नेपालमा सिद्धार्थ बैंकसँग मिलेर रेमिट्यान्स पठाउँछ । कम्पनीले अझै २० अप्रिलसम्म अर्को घर जित्ने अवसर रहेको जनाएको छ।


क्लिकमान्डु