नेशनल लाइफका बीमितले ८५ रुपैयाँसम्म बोनस पाउने



काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक ६३ देखि ८५ रुपैयाँ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार ७० रुपैयाँ, २६ र सो भन्दा माथिका लागि प्रति हजार ८५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार ८५ रुपैयाँ, ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार ८५ रुपैयाँ रहेका छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार ६४ रुपैयाँ, २० र सो भन्दा माथिका लागि प्रति हजार ६४ रुपैयाँका दरले बोनस दर तोकिएको छ ।


क्लिकमान्डु