महालक्ष्मी विकास बैंकले १२.९९% व्याजदरमा आवास र व्यवसायिक कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ बर्षको अवसरमा घर खरिद गर्न, घर निर्माण गर्न १२.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।
बंैकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९ प्रतिशतको आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ बर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ ।
बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सिमित समय अवधिका लागि रहेको जनाएको छ ।
आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु बैंकले प्रदान गर्ने छ । हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरका बिच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।