डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयमा एनआईसी एशिया बैंकको सहयोग


काठमाडौं । एनआईसी एशिया बैंकले डोटीको केआईसिंह गाउँपालिका ४ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर र चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित जनजागृति माध्यमिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर सहयोग गरेको छ ।

हाल प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म ३६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेकोमा बाबुआमा नभएका सीमान्तकृत २१ जना विद्यार्थीहरूलाई खानेबस्ने सुविधासहित आवासीय सुविधा प्रदान गरिरहेको सरस्वती आधारभूत विद्यालयमा असार १५ गते एक कार्यक्रमका बीच बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले उक्त विद्यालयका प्रधानाध्यापक पदम सिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे ।

त्यसैगरी, प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिरहेको जनजागृति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका झन्डै ४५० विद्यार्थीहरुकोे प्रविधिमा पहुँच तथा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून भन्ने उद्देश्यका साथ बैंकले १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको बैंकले जनाएको छ ।

मंगलबार एक कार्यक्रमका बीच बैंकका इएसजी एण्ड सस्टेनेबल बैंकिङ डिपार्टमेन्ट प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष दिपेन्द्र प्रसाद नेपाल र विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्तरुपमा ल्यापटप, कम्प्युटर र प्रोजेक्टर प्रदान गरे ।