लघुवित्तको समस्या समाधान गर्न राष्ट्र बैंकले माग्यो सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न सुझाव मागेको छ ।
लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समस्या समाधान गर्न चाल्न पर्ने कदमका बारेमा बैशाख २० गते भित्र सुझाव पठाउन आग्रह गरेको छ ।
लघुवित्त वित्तीय संस्थामा देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ । समितिले अध्ययन कार्य प्रारम्भ गरेको जनाएको छ ।
बैंकको सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायका लागि भन्दै समिति गठन गरको र समितिले काम सुरु गरेको जनाएको छ ।