सांसद पौडेलको प्रश्नः बैंकको ब्याजदर एकल अंकमा ल्याउने कुरा कहाँ हरायो ?



काठमाडौं । सांसद देवेन्द्र पौडेलले बैंकको ब्याजदर एकल अंकमा ल्याउने कुरा हराएको भन्दै उक्त विषयमा जानकारी दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले सरकारसँग यस्तो माग गरेका हुन् । ‘ब्याजदर एकल अंकमा ल्याउने कुरा हराएको छ’ उनले भने ‘नेपालको पैसा कहाँ गयो ? विदेशमा गयो की ? घर घरमा राखिएको छ की ? यसको तुरुन्त खोजी गरियोस ।’

उनले चर्कवर्ती व्याज, मिटर ब्याज पीडित नागरिकलाई न्याय दिने गरी तत्काल साझा स्वेतपत्र ल्याउन आग्रह गरे ।
उनले अहिले सहकारी र बैंकका बचतकर्ता भागाभाग छन् । व्यवसायीहरु आतंकित छ ।


क्लिकमान्डु