‘बैंक तथा वित्तीय संस्थाको शाखा गाँउमा पुग्यो, शिक्षा पुगेन’
काठमाडौं । सांसद तेजुलाल चौधरीले गाँउ गाँउमा पुगेका बैंक तथा वित्तीय संस्था प्रभावकारी सेवा नदिएको बताएका छन् ।
‘पालिकामा विभिन्न बैंक तथा वित्तीय संस्थाको दर्जनौ शाखा खुलेको हुन्छ’ उनले भने ‘त्यस्तो बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको वास्तविक पहुँच न्यून छ ।’
बैंक तथा वित्तीय संस्थाले टोल टोलमा पुगेर बैंकिङ शिक्षा नदिनु र जनचेतना जगाउन नसक्नु नै यसको कारण भएको उनको भनाइ छ । यसतर्फ ध्यान दिन सरकारलाई समेत आग्रह गरे ।