सुनको मूल्य घट्दा चाँदीको बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आइतबार १४ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु