५० हजार घुस लिँदै गर्दा वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्राउ



काठमाडौं । रुपन्देशीको शुद्धोधन गाउँपालिकाको ७ नम्बर वडाका वडाध्यक्षसहित प्रमुख प्रशासकिय अधिकृत ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यलयबाट खटेको टोलीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनी र गाउँपालिकाको ७ नम्बर वडाका वडाध्यक्ष भीमबहादुर यादवलाई ५० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

आयोगकाअनुसार उनीहरुलाई घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोगजनका लागि घुस लिएको अवस्थामा पक्राउ गरिएको हो । ५० हजार घुस माग गरिरहेको सूचना र उजुरी निवेदनका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।


क्लिकमान्डु