मिटरब्याजीलाई दलका कार्यकर्ताले संरक्षण गरिरहेका छन्: डा. पौड्याल



काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेको भन्दै त्यसरी संरक्षण नगर्न गरिन् ।

मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने उनको भनाइ छ ।मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरुलाई । खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ । मधेसबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने । कार्यदल बनाएको सरकारले भन्नेकुरा हामीले सुनेका छौँ । कार्यदलले के गर्दैछ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानून कहाँनिर संशोधन गर्नुपर्छ, कानून संशोधन गर्नुपर्‍यो’ उनले भनिन् ।


क्लिकमान्डु