मिटरब्याज पीडितको समस्या समाधान झारो टार्ने मात्रै काम नहोस्ः भट्ट



काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाइन् । सरकार गम्भीर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको उनको भनाइ छ ।

पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरुको उद्घाटन र भाषणमै दिन बिताइरहेको उनको आरो छ । वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई भट्टले आग्रह गरिन् ।

बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै उनले राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गरिन् ।


क्लिकमान्डु