एकदुईवटा मन्त्रालय मिलाउन बाँकी छ, अरु टुंगियो: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिमण्डल विस्तारको तयारी रहेको बताएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा प्रधानमन्त्री दाहालले आज साँझसम्म मन्त्रिमण्डल विस्तार गरि शपथको तयारी भइरहेको बताए ।

‘सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि बिहान होला । काम हाम्रो सकिएको छ । एकदुईवटा मन्त्रालय मिलाउन बाँकी छ । अरु टुंगिएको छ,’ प्रधानमन्त्रीले भने ।

आज विहान सत्ता गठबन्धनको बैठक सकेर दाहाल चितवन प्रस्थान गरेका हुन् ।


क्लिकमान्डु