सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु