आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, प्रति कित्ता कति ?



काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
त्यसका लागि नागरिक लगानी कोषलाई प्रत्याभूतिको जिम्मेवारी दिएको छ ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन ।

इन्सोरेन्सको १ सय रुपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।


क्लिकमान्डु