नियमित उडान नगरी चार्टर उडानको अनुमति मागेको भन्दै निगमलाई प्राधिकरणको स्पष्टीकरण



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

नेपाल वायुसेवा निगमले नेपाल र मलेसियाबीच भएको हवाइ सेवा सम्झौता बमोजिम प्रति हप्ता १४ वडा नियमित उडान सञ्चालन गर्नु पर्नेमा नियमित उडान नगरी चार्टर्ड उडान सञ्चालनका लागि माग गरिएको भन्दै स्पष्टीकरण सोधिएको प्राधिकरणले जनाएको छ ।

‘नेपाल र मलेसिया सरकारबीच भएको हवाई सेवा सम्झौता बमोजिम प्रति हप्ता १४ वटा नियमित उडान संचालन गर्न पाउने व्यवस्था भएतापनि सो वृतखण्डमा नियमित उडान संचालन नगरी यात्रु चार्टर उडान संचालनको लागि अनुमति माग गरिएको विषयमा प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधिएको छ’ प्राधिकरणले जारी गरेको सूचनामा भनेको छ ।


क्लिकमान्डु