मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सरकार गम्भीर होस्ः सांसद बेलवासे



काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सरकासँग आग्रह गरेकी छन् ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले देशभर नै अहिले मिटरब्याज पीडितहरुको समस्या बढ्दै गइरहेकाले यसमा सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

‘एउटा दुःख लाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन । करिब २० वर्ष यता मिटरब्याजमा पैसा लगाउनेहरु र घर खर्च चलाउन महंगो ब्याजदरमा ऋण लिनेहरुबीचको संघर्ष २० वर्ष वरपर पुगेको छ । उहाँहरुले विषय उठाउनुभएको छ । उनीहरु तीन तहको सरकारमा पुग्नुभएको छ, तर पनि मिटरब्याजीहरु उहाँहरुलाई नै दुःख दिने किसिमले आइरहेका छन्’ उनले भनिन् ।

सांसद बेलवासेले हरेक तहमा मिटरब्याजी पीडितहरुले समस्याको उठान गरेपनि समस्या समाधान हुन नसकेको बताइन् ।


क्लिकमान्डु