वसन्त कुँवरलाई आईजीपी बनाउने सरकारको निर्णय



वसन्त कुँवरलाई बुधबार एआईजीको फुली लगाइदिँदै वर्तमान महानिरीक्षक धिरजप्रताप सिंह ।

काठमाडौं । सरकारले बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् ।

उनको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा रहेको थियो । जसमा वसन्त कुँवर प्रहरी महानिरीक्षकमा नियुक्त भएको ‍संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताए ।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार थिए ।


क्लिकमान्डु