व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौं: पाण्डे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन्।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरुले स्वदेशीभन्दा विदेशी उत्पादनलाई प्राथमिकता दिने गरेको बताए ।

यसलाई कम गर्न सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्न जोड दिनुपर्ने उनले बताए ।

विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौं व्यापार घाटा भइरहेको भन्दै पाण्डेले स्वेदशमा नै उत्पादित सामग्रीहरुको प्रयोग बढाउनुपर्ने बताएका हुन् ।

‘आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ । हामी व्यापार घाटामा खर्बौं रुपैयाँ घाटामा जाने गर्दछौँ । हाम्रो आफ्नो उत्पादन हामी वृद्धि गर्न सक्दैनौँ । विदेशी उत्पादन प्रयोग गर्छौं तर सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ’ उनले भने ।


क्लिकमान्डु