सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेकाे छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु