देशमै रोजगारी सिर्जना गरी जुझारु जनशक्तिलाई विकासमा लगाउने चुनौती: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले देशको अर्थतन्त्र र विकासमा योगदान पुर्‍याइरहेको बताएका छन् ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशको उत्पादनशील जनशक्ति रोजगारीका लागि विदेश जानु परिरहेको भन्दै त्यसलाई रोक्न सरकार प्रयासरत रहेको बताए ।

‘आन्तरिक रोजगारी सिर्जना गरि जुझारु जनशक्तिलाई देश विकामा लगाउनु पर्ने चुनौती हामी सामू छ’ प्रधानमन्त्रीले भने ।

विदेशबाटै सामाजिक सुरक्षा कार्यक्रममा जोडिन पाउने व्यवस्थाले श्रमका लागि विदेशिएका नेपालीहरुलाई माया र सद्भावको रुपमा लिएको उनले बताए ।

सामाजिक सुरक्षा देशसँग जोडिरहन र राज्य सँगै छ भन्नका लागि महत्वपूर्ण हुने उनले बताए ।

यो योजनाले वैदेशिक रोजगारीमा रहेकाहरुको भविष्य सुरक्षित गरेको प्रधानमन्त्रीले बताए ।


क्लिकमान्डु