३ प्रदेशका स्थानीय तहमा पूर्वाधार विकासका लागि बेलायतको १४ अर्ब ४० करोड रुपैयाँ सहयोग



काठमाडौं । बेलायत सरकारले स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि ९ करोड पाउण्ड(१४ अर्ब ४० करोड रुपैयाँ) सहयोग गर्ने भएको छ ।

बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेपछि बिहीबार अर्थमन्त्रालय र नेपालस्थित बेलायती राजदूतावासबीच सम्झौता भएको हो ।

बेलायत सरकारले गरेको सहयोग मधेश प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका स्थानीय तह मार्फत पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने छ ।

बेलायत सरकारले गर्ने सहयोग संघीय सरकारले बनाउने बजेट मार्फत स्थानीय विकास पूर्वाधार विकास कार्यक्रम अन्तर्गत खर्च गरिने छ । यो कार्यक्रम कार्यान्वयनका लागि ६ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने छ ।


क्लिकमान्डु