भाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनमा घरटहरा खाली गर्न महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले भाडा नतिर्ने २६ व्यवसायीहरुलाई १५ दिनभित्र घरटहरा खाली गराउन निर्देशन दिएको छ ।

महानगरको २६ नम्बर वडा कार्यालयले गोगंबुस्थित गल्फ रियल स्टेट प्रालिको नाममा दर्ता रहेका विभिन्न क्षेत्रमा नक्सा पास नगरि घर टहराहरुमा व्यवसाय सञ्चाल गर्दै आएका व्यवसायीहरुलाई १५ दिनभित्र घरटहरा खाली गराउन निर्देशन दिएको हो ।

यसरी भाडा नतिर्ने व्यवसाय तथा व्यवसायीहरुमा न्यू बेबी ल्यान्ड, रुद्र, भिम बिक, गणेश शाक्य, बिग थकाली, सुष्मा घिमिरे, सुरेन्द्र घिमिरे, सुरेन्द्र ठाकुर, लाल कुमार आचार्य, हजुरको खाजा घर, राजकुमार थापा, राम लामा, प्रदिप खड्का, नारायण गौतम, सन्तोष घिमिरे, प्रदिप सुवेदी, केपी बर्तौला, रिना, माइक्रो बस समिति, राजेन्द्र ओझा, लकी सुज, सन्तोष सिवाकोटी, राजेन्द्र दवाडी, ब्युटी पार्लर, दिपेन्द्र आचार्य, विरेन्द्र गुरुङ र आईएमई रहेका छन् ।

यी व्यवसायीहरुले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटेको महानगरको भनाइ छ । भाडा रकम माग्दा धाक र धम्की दिएको बताउँदै महानगरले यी व्यवसायहरुलाई १५ दिनभित्रमा स्थान खाली गर्न निर्देशन दिएको छ ।

सँगै यी व्यवसाय तथा व्यवसायीहरुलाई १५ दिनभित्रमा महानगरको वडा नम्बर २६ को कार्यालयमा उपस्थिति हुन पनि अनुरोध गरिएको महानगरले जनाएको छ ।


क्लिकमान्डु