सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा आइतबार १२ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु