सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु