पशुपतिनाथ दर्शनका लागि जाँदै नवनिर्वाचित राष्ट्रपति पौडेल



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने भएका छन् ।

उनी आज बिहान ९ बजे पशुपति जाने कार्यक्रम छ । उनले पशुपतिमा पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने छन् ।

पशुपति दर्शनपछि राष्ट्रपति पौडेल सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्न जाने कार्यक्रम छ ।


क्लिकमान्डु