प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित

147
Shares

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

तीनकुनेस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत गरेको छ ।

साधारण सभामा कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय बृद्धिसँगै संस्थागत सुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने तर्फ बिशेष ध्यान दिई कार्य अगाडि बढाइरहेको बताउँदै कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन तथा उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरm सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने बताइन् ।

वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरियो ।