महंगा विदेशी रक्सि र वाइन त्यागौँ रैथाने तीनपानेको प्रवद्र्धन गरौँः मन्त्री किराँती



इटहरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाली समाजलाई रैथाने स्वाद दिँदै परिकारलाई परिमार्जन गरेर नेपाली माटोमा उत्पादन भएको तिनपाने रक्सी र जाँडलाई ब्राण्डिङ गर्न नसक्दा प्रदेशको पर्यटन पछाडि परेको मन्त्री किराँतीले बताए ।

उनले उद्योगी व्यवसायीलाई स्थानिय उत्पादन लाई ब्राण्डिङमा जोड दिन आग्रह समेत गरेका छन् ।

दश दिन सम्म सन्चालन भएको धरान एक्पो २०७९ को समापन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले धरान पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गनुृपर्ने र त्यहाँका उत्पादनलाई सप्तकोशीमा जलमार्ग बनाएर पर्यटक भित्राउन सकिने बनाए।

पुर्वमा रहेका धार्मिक स्थल र सप्तकोशीको जलमार्गलाईलाई सदुपयोग गरेर स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्ने बताएका छन् ।

मन्त्रीले खोटाङ्गको हलेसीलाई ब्रान्डिङ गर्न चतरालाई स्टेशन बनाएर अघि बढ्न सकिने बताए ।

ताप्लेजुङ सुकेटारका यात्रुलाई विकल्पको रूपमा जल पर्यटनको माध्यम र्याफटिङ गराउँदै धरान ल्याउन सकिने र जलमार्गमा पर्यटक उतारेर धरान ल्याउँदै धरानको पर्यटन विकास गर्न सकिने मन्त्री किराँतीले सुनाए ।

मन्त्री किराँतीले नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नु पर्ने उनको आग्रह थियो ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सप्तकोसीबाट खानेपानी ल्याउन र लागूपदार्थ दुब्र्यशन धरानको ठुलो समस्या रहेको बताए ।

उनले भने ‘विकृति र विसङ्गति रोक्न तिनै तहको सरकारको सहकार्य जरुरी देखिएको छ ।’

उत्पादन मुखी व्यापार, व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको साम्पाङ्गको भनाइ थियो ।

स्थानीय सरकार उत्पादनमा जोडबलमा लागेको तर धरानलाई उत्पादनसँग जोडाउन खोज्दा चारै तिरबाट घेराबन्दी गर्न खोजिएको उनको भनाइ छ


क्लिकमान्डु