नेपाली सेनामा ४२६ जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा ४२६ जनाको लागि रोजगारी खुलाएको छ ।

नेपाली सेनाको जंगी अड्डास्थित कार्यरथि विभागअन्तर्गतको भर्ना छनोट निर्देशनालयले सूचना प्रकाशित गर्दै रिक्त रहेका पदमा पूर्तिका लागि देशभरमा ४२६ जनालाई आवेदन माग गरेको हो ।

सेनाले देशभरका ८ भर्ना केन्द्रबाट यी पदमा भर्ती हुन पाउने जनाएको छ ।

जसमध्ये इटहरीस्थित पूर्व पृतना हेडक्वाटरबाट ५४ जना, महोत्तरीस्थित मध्य पूर्वी पृतना हेडक्वाटर र हेटौडास्थित मध्य पृतना हेडक्वाटरबाट ५२/५२ जना, पोखराको विजयपुर ब्यारेकस्थित पश्चिम पृतना हेडक्वाटर, बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वाटर र सुर्खेतस्थित उत्तर पश्चिम पृतना हेडक्वाटरबाट ५४/५४ जना र कैलालीस्थित सुदूरपश्चिम पृतना हेडक्वाटर र नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वाटरबाट ५३ जनालाई रोजगारी खुलाइएको हो ।

यसरी खुलाइएको पदपूर्तिमा ब.का.सि, सुफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयसलगायतका पदहरु रहेका छन् । प्रकाशित सूचनाकाअनुसार इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिबाट चैत १९ सम्म नियमित दस्तुरमा र चैत २६ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन पाउनेछन् ।


क्लिकमान्डु