७ महिनामा निर्जीवन बिमा कम्पनीले आर्जन गरे २३ अर्ब बिमाशुल्क, कुनको कति ?



काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख ८२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । १८ वटा कम्पनीले ७ महिनाको अवधिमा १६ लाख ३६ हजार २८४ वटा बिमालेख जारी गरेर उक्त रकम बिमा शुल्क आर्जन गरेका हुन् ।

बिमा प्राधिकरणका अनुसार माघमा मात्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बिमा कम्पनीले माघमा २ लाख ४१ हजार २५१ वटा बिमालेख जारी गरेका छन् ।

प्राधिकरणका अनुसार चालू आवको ७ महिनासम्ममा सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । यो अवधिमा कम्पनीले १ लाख ४७ हजार ५१२ वटा बिमालेख जारी गरेर २ अर्ब ९८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यस्तै सगरमाथा इन्स्योरेन्सले ७ महिनाको अवधिमा १ लाख ३० हजार ६३६ बिमालेख जारी गरेर १ अर्ब ६८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

नेपाल इन्स्योरेन्सले १ लाख १ हजार १५ वटा बिमालेख जारी गरेर ८८ करोड ९८ लाख बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै ओरियन्टल इन्स्योरेन्सले २३ हजार २८९ वटा बिमालेख जारी गरेर ८४ करोड ६ लाख, राष्ट्रिय बिमा कम्पनीले ३३ हजार ५ वटा बिमालेख जारी गरेर १ अर्ब ६९ करोड, नेसनल इस्योरेन्सले १८ हजार ३२९ बिमालेख जारी गरेर ५८ करोड २२ लाख र युनाइटेडले ६४ हजार ४२२ वटा बिमालेख जारी गरेर ६८ करोड ४० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

प्रिमियर इन्स्योरेन्सले ८७ हजार ९२ वटा बिमालेख जारी गरेर १ अर्ब १७ करोड, नेको इन्स्योरेन्सले १ लाख ६५ हजार १४३ वटा बिमालेख जारी गरेर १ अर्ब ७५ करोड, प्रभु इन्स्योरेन्सले ७३ हजार ८५९ वटा बिमालेख जारी गरेर ९२ करोड ५९ लाख, आईएमई जनरलले ६७ हजार ६७५ वटा बिमालेख जारी गरेर १ अर्ब ५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सले चालू आवको ७ महिनामा ७७ हजार ६२४ वटा बिमालेख जारी गरेर ७६ करोड ४५ लाख रुपैयाँ, लुम्बिनी जनरलले ७९ हजार ४२६ वटा बिमालेख जारी गरेर १ अर्ब १२ करोड, एनएलजी इन्स्योरेन्सले १ लाख ११ हजार ९८७ वटा बिमालेख जारी गरेर १ अर्ब ४० करोड, अजोडले ८१ हजार १४७ वटा बिमालेख जारी गरेर १ अर्ब ८ करोड, हिमालयन एभरेस्टले १ लाख ४८ हजार ६७५ वटा बिमालेख जारी गरेर १ अर्ब ६९ करोड र सानिमा जीआईसी इन्स्योरेन्सले १ लाख ३ हजार ३३८ वटा बिमालेख जारी गरेर १ अर्ब १९ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु