सेयर बजार राताम्मे, इन्डेक्स २ हजार बिन्दुबाट ओर्लियो




काठमाडौं । सेयर बजार राताम्मे बन्दा कारोबार रकम पनि न्यून बनेको छ । यो दिन बजारमा पहिरो गएको छ । कारोबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।

बजार मापन गर्ने सूचक २४.४४ अंकले घटेर परिसूचक १९९५.४९ बिन्दुमा ओर्लिएको छ । बुधबार २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिनको कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक ७.६३, विकास बैंक ५१.४५, वित्त कम्पनी १०.५७, जलविद्युत ३४.९५, जलविद्युत ३४.९५, जीवन बीमा १५६.८१, उत्पादन तथा प्रशोधन १११.२०, माइक्रोफाइनान्स १०४.६७, निर्जीबन बीमा ९७.६२, अन्य १९.११ र ट्रेडिङ समूहको उपसूचक २७.७१ अंकले घटेको छ ।

कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै बाराही हाईड्रोपावर, खप्तड लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

गुमाउनेमा बोटलर्स नेपाल (तराई), सीवाईसी नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा अप्पर तामाकोशी हाईड्रोपावर अग्रस्थानमा रहेको छ । अप्परको ८ करोड ७२ लाख ३७ हजार ८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेको छ ।


क्लिकमान्डु