काठमाडौंका ६ स्थानमा सडक र ढल निर्माण हुँदै, महानगरले खुलायो करिब ५ करोडको ठेक्का



काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन, दन्तकाली, शंखमूल, रुद्र बजार, भिकुटी टोल र गुनास्तरफाँट विष्णुमार्ग क्षेत्रमा सडक निर्माण तथा मर्मत र ढलको स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ । महानगरले सूचना प्रकाशित गर्दै महानगरभित्रका ६ ठाउँको सडकको मर्मत र निर्माण तथा ढलको स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको हो ।

महानगरले कपनस्थित सडकको मर्मत तथा स्तरोन्नतीका लागि ५३ लाख २४ हजार अनुमानित लागत लाग्ने गरी ठेक्का आह्वान गरेको छ । त्यस्तै, दन्तकाली मार्गमा सडकको स्तरोन्नति तथा कालोपत्रेका लागि एक करोड ३८ लाख र शंखमूलस्थित मध्यमार्गमा सडक तथा ढलको निर्माणका लागि ८८ लाख ७० हजारको अनुमानित लागतसहितको ठेक्का आह्वान गरेको छ ।

त्यस्तै, रुद्रबजारस्थित सडकको निर्माणका लागि ९१ लाख ७४ हजार, भृकुटीमार्गस्थित सडकको स्तरोन्नति र ढलको निर्माणका लागि ५७ लाख ६९ हजार र गुँणस्तरफाँटस्थित सडक र ढलको स्तरोन्नतिका लागि ५४ लाख ७७ हजारको अनुमानित लागतसहित ठेक्का आह्वान गरिएको हो ।


क्लिकमान्डु