सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा बुधबार १२ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु