एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई बिरालोसँग तुलना गरे



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मा‌ओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससँगको गठबन्धनमा गएको भन्दै त्यसलाई बिरालोसँग तुलना गरेका छन् । ठूलो कचौंरामा दुध–भात दिएपछि छिमेकको घरमा बिरालो गएजस्तै भएको ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि बिरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको टिप्पणी गरेका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकिर गरे ।

‘मैले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिन । जसको पदनै सर्वोपरी छ । त्यस्तालाई पद दिएर जसलाई जे दिँदा हुन्छ त्यही दिएर न हुने हो । त्यसकारण त्यही दिएर हुन्छ भने त्यही दिएर । त्यही पनि ठूलो कचौंरामा दुध र भात दिएपछि बिरालो छिमेकी कहाँ जानु अनौठो होइन । के–के छन् सर्त थाहा छैन । पछि थाहा हुँदै जाला’ ओलीले भने ।

‘एउटा प्रवृत्ति के देखिन्छ भने बिरालो किन्नु पर्दैन । दुध र भारत कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने । कसले कचौरामा कति दुध भात दिन्छ, त्यस अनुसार फुत्रुक छिमेकीका घरतिर सर्ने । त्यस प्रवृत्तिले सरकारमा हुनु, सरकारको नेतृत्व गर्नु यो शिलशिला जारी छ’ ओलीले भने ।


क्लिकमान्डु