फागुनयता सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । माघमा निरन्तर बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य फागुनयता निरन्तर ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुनको १४ गतेसम्ममा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।

गत फागुन १ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, फागुन २ र ३ गते २/२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी फागुन ४ गते भने एकैदिन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो । साथै, ५ गते प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ रुपैयाँ कायम भएको थियाे ।

तर, फागुन ७ गते भने सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको थियो । त्यसपछि लगातार घटेर आइतबार १ लाख २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । गत फागुन १ गते प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा निरन्तर घटेर आइतबार १२ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु