राष्ट्रपति निर्वाचनमा एक्लिएपछि एमाले सचिवालय बैठक जारी



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एमाले कार्यलय सचिव डा भीष्म अधिकारी जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । एमाले बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

आफ्नो प्रयासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर राष्ट्रपति आफूले लिने सहमति गरेको एमाले माओवादी लगायतका दल कांग्रेससँग गठबन्धन गर्न गएपछि एक्लिएको छ ।

माओवादीले कांग्रेस एकीकृत समाजवादीलगायत ८ दलसँग गठबन्धन बनाएको छ र कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ ।

यसैबीच आज विहान बसेको कांग्रेस बैठकले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।


क्लिकमान्डु