चेक बाउन्सको आरोपमा ठेकेदार भेटवाल पक्राउ



काठमाडौं । चेक बाउन्सको उजुरी परेपछि फरार रहेका निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् ।

भेटवाललाई बैंकिङ कसुरसम्बन्धि आरोपमा पक्राउ गरिएको हो । काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई बुधबार पक्राउ गरेको हो ।

भेटवाल यसअघि पनि पटक पटक पक्राउ पर्दै छुटेका थिए ।

हाल भेटवालको निर्माण कम्पनी जलेश्वर स्वेछन्द विक्वोई विल्डर्सलेले काठमाडौंको पुरानो बसपार्कमा रहेको काठमाडौं टावरको निर्माण गरिरहेका छन् ।

२९ तल्लाको काठमाडौं भ्यु टावरको निर्माणको ठेक्का पाएका भेटवालविरुद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको छ ।


क्लिकमान्डु