सेयर बजारमा हरियाली: बैंक, बीमा, जलविद्युतमा लगानीकर्ताको ध्यान




काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । बजार मापन गर्ने सूचक ३३.५७ अंकले बढेर परिसूचक २०८०.३८ बिन्दुमा रोकिएको छ ।

यो दिन २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँको सेयर किनबेच भएको छ । आजको कारोबारमा बैंक तथा बीमा कम्पनीमा लगानीकर्ताको आर्षकण देखिएको छ ।

कारोबारमा अधिकांश समूहकोे उपसूचकमा हरियाली छाएको छ । यो दिनको कारोबारमा बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ समूहको उपसूचक १६.८३, विकास बैंक ८०.५४, वित्त कम्पनी ४८.९०, जलविद्युत ९६.९२, जीवन बीमा १९६.३६, उत्पादन तथा प्रशोधन ७१.९०, निर्जीबन बीमा समूहको उपसूचक १८०.८५ अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक ६०.२५ अंकले घटेको छ ।

कारोबारमा लिबर्टी इनर्जी, छ्याङ्दी हाईड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, पिपुल्स पावर कम्पनी, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त, उपकार लघुवित्त, सृजनशिल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी कम्पनी पहिलो स्थानमा छ । कम्पनीको १३ करोड २७ लाख ७५ हजार ८६६ रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा जीवन बीमा लघुवित्त र ग्लोबल आइएमई बैंक रहेका छन् ।


क्लिकमान्डु