सौर्य एयरलायन्सको जहाजमा समस्या, पार्किङ वेमै फिर्ता



फाइल तस्बिर

काठमाडौं । सौर्य एयरलायन्सको जहाजमा समस्या देखिएपछि विराटनगरको उडान स्थगन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलायन्सको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनले यो विहानैको घटना भएको उल्लेख गर्दै विमान उडे नउडेको बारे आफूलाई अहिले जानकारी नभएको बताए ।


क्लिकमान्डु