मौद्रिक नीति तर्जुमाअघि पूर्वगभर्नरहरुसँग छलफल गर्दै गभर्नर पौडेल


काठमाडौं । मौद्रिक नीति तर्जुमामा जुटेको नेपाल राष्ट्र बैंकले आइतबार पूर्वगभर्नरहरुसँग छलफल गर्ने भएको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले पूर्वगभर्नरहरुलाई आइतबार दिउँसो ४ बजे छलफलका लागि बोलाएका हुन् ।

असार १८ गते बिहीबार वैदेशिक भ्रमणबाट फर्किएका गभर्नरले असार १९ मा निजी क्षेत्र सहितका सरोकारवालालाई छलफलका लागि बोलाएका थिए ।‍

आज असार २१ गत बिदाको दिन पनि सञ्चालक समिति बैठक बोलाएर उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेका थिए । यहि साता भुटानको भ्रमणमा जान लागेका गभर्नर पौडेलले मौद्रिक नीतिलाई अन्तिम रुप दिन छलफललाई तिव्रता दिएका छन् ।

सोही क्रममा आइतबार दिउँसो चार बजे आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाको लागि आवश्यक परामर्श गर्न पूर्वगभर्नरहरुसँग छलफल गर्न लागेका हुन् । गभर्नर पौडेलले यसपकट नियामकीय व्यवस्थाहरुलाई मौद्रिक नीतिमा नसमेट्ने र आन्तरीक तथा बाह्य अर्थतन्त्रको विश्लेषण मौद्रिक नीतिको दिशानिर्देश जस्ता र मौद्रिक नीतिको कार्यदिशा तथा मौद्रिक औजारहरुलाई मात्रै समावेश गरी मौद्रिक नीति तर्जुमा गर्ने तयारी गरेका हुन् ।