पोखरा विमानस्थल नजिक बुध्द एयरमा चरा ठोक्कियो (भिडियोसहित)



काडमाडौं । बुध्द एयरको विमान अवतरण अघि चरासँग ठोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको समयमा विमानमा गिद्ध ठोकिएको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको छ ।

‘इस्यू ब्रो’ नामक फेसबुक प्रयोगकर्ताले विमानसँग गिद्ध ठोकिएको भिडियो अपलोड गरेका छन् । भिडियोमा विमानको पंखामा गिद्ध ठोकिएर खसेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा लेखिएको छ, ‘कस्तो संयोग भिडियो खिचिरहेँको थिएँ बुध्द एअरसंग पोखरा इन्टरनेशनल एअरपोटमा गिद्ध ठोकियो । २ वटा गिद्ध मरेका छन् भने प्लेन शकुशल ल्याण्ड भएको छ । समय ३:४ फाल्गुन ०८ गते २०७९। ४ मिनेट वाला भिडियोमा संयोगवस क्याच भयो ।’

पोखरा विमानस्थल नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले आफूलाई विमानमा गिद्ध ठोकिएको घटनाबारे कुनै जानकारी नआएको बताए ।


क्लिकमान्डु