टर्कीमा पुनः शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु



एजेन्सी । टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ ।

दक्षिणी शहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार ६ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परि ६ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।

सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।


क्लिकमान्डु