सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको थियो । मंगलबार २ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । महासंघअनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु