डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ रुपैयाँमै



काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ ।

डिशहोमका डिलरहरुमार्फत् फण्ड ट्रन्सफर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । र, हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद १ लाख रुपैयाँ नगद उपहार यस अफरमार्पmत जित्नेछन् ।

यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरुमार्फत् फण्ड ट्रान्सफर वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा १ महिना वा १००० रुपैयाँभन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत वोनस र २००० रुपैयाँको रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ ।

नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ ।

फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।


क्लिकमान्डु