मेन्छियाम हाइड्रोपावरले करिब साढे ५ करोडको आईपीओ निष्कासन गर्ने
काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा जाने नेपालीका लािग साधारण सेयर आईपीओ निष्कसन गर्ने भएको छ ।
कम्पनीले फागु्न १० गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
मेन्छियाम हाइड्रोले आयोजना अति संखुवासभा जिल्लाको साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८ हजार ५१७ कित्ता सेयर निष्कासन गर्ने भएको छ । आईपीओमा विदेशमा रहेका नेपालीले फागुन १० देखि फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै आयोजना प्रभावितले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।
यस्तै आयोजना प्रभावितले एनआइसी एशिया, ग्लोबल आइएमई र नेपाल एसबिआई बैंकका स्थानीय शाखाबाट आवेदन दिन सकिने छ ।