१४ निर्जीवन बीमा कम्पनीको नाफा बढ्यो, राष्ट्रिय बीमा कम्पनीले सबैलाई उछिन्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोसो त्रैमासको अवधि अर्थात पुस मसान्तसम्ममा १७ निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३९ करोड २३ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

कम्पनीहरुको यो नाफा गत आवको सोही अवधिको तुलनामा ११.३० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले २ अर्ब १४ करोड ९४ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

नेशनल इन्स्योरेन्सले भने दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

दोस्रो त्रैमासको अवधिमा नाफामा राष्ट्रिय बीमा कम्पनीले सबै निर्जीवन बीमा कम्पनीलाई उछिनेको छ । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायमा अधिकांश सूचकमा अग्रता कायम राख्न सफल शिखरसहितका सबै निर्जीवन बीमा कम्पनीलाई पछि पारेको हो ।

वित्तीय विवरण सार्वजनिक गरेका १७ कम्पनीमध्ये सबैभन्दा धेरै नाफा राष्ट्रिय बीमा कम्पनीले कमाएको छ । गत आवको सोही अवधिमा १९ करोड ४३ लाख १५ हजार रुपैयाँ नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीको नाफा चालु आवको दोस्रो त्रैमासको अवधिमा आईपुग्दा ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा ९२.५७ प्रतिशतले धेरै हो ।

यस्तै, शिखरले चालु आवको दोस्रो त्रैमासको अवधिमा २४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ०.९५ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा सगरमाथा इन्स्योरेन्सले १७ करोड ९३ लाख ४९ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १७ करोड ७० लाख ६५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । यस्तै, सानिमा जिआइसी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेस र ओरियन्टल इन्स्योरेन्सले १० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा १४ कम्पनीको नाफा बढेको छ । भने ३ कम्पनीको नाफा घटेको छ ।

यस अवधिमा शिखर, ओरियन्टल र प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घटेको हो । शिखर इन्स्योरेन्सको नाफा ०.९५ प्रतिशतले घटेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४३.२४ प्रतिशतले घटेर ४ करोड १ लाख ८० हजार रुपैयाँ र ओरियन्टल इन्स्योरेन्सको नाफा ४०.७२ प्रतिशतले घटेर १२ करोड ८६ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।

गत आवको सोही अवधिमा ओरियन्टलले २१ करोड ७१ लाख १५ हजार रुपैयाँ र प्रुडेन्सियलले ७ करोड ७ लाख ८९ हजार रुपैयाँ नाफा कमाएका थिए ।

१४ कम्पनीको नाफा बढ्यो, सानिमा जिआइसीको सार्वधिक बढ्यो

यस आवधिमा १४ कम्पनीको नाफा बढेको छ । भने सबैभन्दा धेरै प्रतिशतले नाफा बढाउने कम्पनीको सूचीमा सानिमा जिआइसी परेको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा १०२.२८ प्रतिशतले बढेर ११ करोड ७४ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ९२.५७ प्रतिशतले, नेपाल इन्स्योरेन्सको नाफा ४७.६५ प्रतिशत, यूनाइटेडको ३३.७० प्रतिशत र नेकोको १७.२० प्रतिशतले बढेको छ । आइएमई जनरलको नाफा ३.६२ प्रतिशत, प्रभुको ४.२५ प्रतिशत र सिद्धार्थको ४.४० प्रतिशतले बढेको छ ।

यस्तै, प्रिमियरको नाफा ०.३४ प्रतिशत, सगरमाथाको नाफा ०.९३ प्रतिशत र हिमालयनको नाफा ०.३२ प्रतिशतले मात्रै बढेको छ।


क्लिकमान्डु