पुँजीबजार प्रति सरकार संवेदनशिल छः अर्थमन्त्री पौडेल




काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पुँजीबजार अर्थतन्त्रको ऐना भएकाले सरकार स्वभाविक रुपमा संवेदनशिल रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद हरी ढकालले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

‘पुँजीबजार अर्थतन्त्रको ऐन हो, यो हामी सबैले मानेकै कुरा हो । समग्र अर्थतन्त्रको प्रभाव पुँजीबजारमा परेको हुन्छ’ उनले भने, ‘हामी समग्र अर्थतन्त्रसँगै पुँजी बजारमा पनि सुधार होस भन्ने पक्षमा छौं ।’

बैठकमा सांसद ढकालले १८ महिनाघि ४३ खर्बको बजार पुँजीकरण अहिले ३० खर्ब रहेको स्मरण गराए ।

उनले नेपालको पुँजी बजारलाई प्राकृतिक बनाउने र यसको सुधारका लागि के कस्ता कार्यक्रम रहेका छन् ? भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । अर्थतन्त्रको ऐनको रुपमा पुँजी बजारलाई लिने गरेकाले यसको सुधारका लागि कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

बैठकमा सांसद ढकालले किसान र निजी क्षेत्रका व्यवसायीको मुहारमा हासो नभएर त्यो देश कहिल्यै पनि समृद्धि उन्मुख नहुने बताए । सांसद ढकालले मल अभावको समस्या विगतका वर्षमा जस्तै हुने हो की किसानले समयमा नै पाउँछन् ?भन्दै प्रश्न गरेका छन् ।


क्लिकमान्डु